लमजुङमा एक वर्षमा सवारी दुर्घटनामा परी १७ जनाको मृ’त्यु
408 Views
लमजुङ २१ साउन, लमजुङमा एक वर्षको अवधिमा सवारी दु’र्घट’नामा परेर १७ जनाको ज्यान गएको छ । आर्थिक वर्ष ०७८/०७९ मा जिल्लामा विभिन्न स्थानमा भएको २२ सवारी दु’र्घट’नामा परिी १७ जनाको ज्यान गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका अनुसार ०७८ साउनदेखि ०७९ असार मसान्तसम्ममा भएका सवारी दु’र्घट’नामा ८ जना गम्भिर घाईते र १७ जना समान्य घाइते भएका थिए ।
गएको आर्थिक वर्षमा दु’र्घट’नामा परेका सवारीमध्ये सवै भन्दा धेरै मोटरसाइकल रहेका छन् । सो अवधिमा जिल्लामा १० वटा ट्याक्टर दुर्घटनामा परेका थिए ।
यस्तै, अन्य सवारी साधानहरुमा ट्रयाक्टर ६ वटा, ट्रक र जिप दुई/दुई वटा, बस र अन्य सवारी साधान एक /एक वटा दुर्घटना भएको ट्राफिक कार्यालयका प्रहरी सहायक हवल्दार सुभाष रानाभाटले बताए ।
सवारी दु’र्घ’टनासम्वन्धि कार्यलयको तथ्यांकअनुसार विगत ४ वर्षमा गत वर्ष सवैभन्दा धेरै सवारी दुर्घटनामा परि मानिसले ज्यान गुमाएका छन् । जिल्लामा आर्थिक वर्ष ०७५÷०७६ मा १४ सवारी दु’र्घ’टनामा हुदाँ ९ जनाको मृ’त्यु भएको थियो ।
आर्थिक वर्ष ०७६र०७७ मा जिल्लामा १३ सवारी दु’र्घट’नाहरु भएका थिए । ति दुु’र्घ’टनामा परेर ८ जनाको ज्यान गएको थियो । यसैगरी अघिल्लो आर्थिक वर्ष ०७७र०७८ मा २१ सवारी दु’र्घट’नाहरु भएका थिए भने ति दुर्घ’टनामा परि ११ जनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्यांक छ ।
तीन वर्षको अवधिलाई तुलना गर्दा सवारी दुर्घटनाको संख्या र दु’र्घ’टनाबाट हुने मृत्युदरसमेत वढेको कार्यालयको तथ्यांकले देखाएको छ । हालसम्मको दु’र्घट’नाको प्रकृति हेर्दा सवारी दुर्घटनाको मुख्य कारण चालक सवेंदनशिल नहुनु र तीब्र गति प्रमुख रहेको प्रहरी सहायक निरीक्षक राजाराम पौडेलले भनाई छ ।





प्रतिक्रिया दिनुहोस