देशभर थपिए ९१२ कोरोना संक्रमित, थप एकको मृ’त्यु
16 Views

काठमाडौं, २० साउन, नेपालमा पछिल्लो २४ घण्टामा ९१२ जना को’रोना सं’क्र’मित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप एक जनाको मृ’त्यु भएको छ ।
६ हजार ४९१ स्वाब परीक्षण गर्दा ९१२ जनामा सं’क्र’मण देखिएको हो । उनीहरूमध्ये दुई हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जनामा र तीन हजार ५५० जनाको एन्टिजन परीक्षण गर्दा ३८३ जनामा संक्रमण पुष्टि भएको छ ।
आज एक जनाको ज्यान गएसँगै कोरोनाबाट मृ’त्यु हुनेको कुल संख्या ११ हजार ९७० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३७० जना निको भएको मन्त्रालयले जनाएको छ । योसँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ७६० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस