कैलालीमा सात वर्षीया बालिका मृ’त फेला
190 Views
कैलाली, २० साउन, कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर-१ मा एक बालिका खोलामा मृ’त फेला परेकी छन् । चायाभावर बस्ने सन्तोश जोल्नी मगरकी सात वर्षीया छोरी तिल्सरी शुक्रबार खोलामा मृ’त फेला परेकी हुन् ।
बिहीबार करिब दिउँसो ३ बजेको समयमा घरबाट सौतेनी आमा मुनासँग निस्केकी तिल्सरीको शुक्रबार बिहान बरपानी खोलामा श’व फेला परेको आफन्तले जनाएका छन् ।
उनका बुबा सन्तोष निम्न माध्यमिक तहको लाइसेन्स परीक्षाको लागि धनगढी बस्दै आएका थिए । आमा पन्चकला रोजगारीको सिलसिलामा भारत रहेकी छन्। उनी हाल सौतेनी आमाको साथमा बस्दै आएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस