किन्डरगार्टनमा चक्कु प्रहार, ३ जनाको मृ’त्यु
718 Views
एजेन्सी
बेइजिङ, १८ साउन, दक्षिणपूर्वी चीनको जियान्सी प्रान्तको एक किन्डरगार्टनमा बुधबार च’क्कु प्रहार हुँदा तीन जनाको मृ’त्यु भएको छ भने अन्य ६ जना घा’इते भएका छन् ।
स्थानीय समयअनुसार बुधबार बिहान १० बजे एन्फु काउन्टीको निजी किन्डरगार्टनमा उक्त हमला भएको थियो ।
४८ वर्षीय संदिग्ध फरार छन् । संदिग्धको तीब्र खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘सार्वजनिक सुरक्षा निकायहरूले संदिग्धलाई खोज्न हरसम्भव प्रयास गरिरहेका छन्’, प्रहरी विज्ञप्तिमा भनिएको छ ।





प्रतिक्रिया दिनुहोस