भारतमा मंकीपक्सबाट पहिलो मृ’त्यु
386 Views
एजेन्सी
नयाँ दिल्ली, १७ साउन, भारतले दक्षिणी राज्य केरलामा मंकीपक्सबाट पहिलो पटक मृ’त्यु भएको पुष्टि गरेको छ । हालै संयुक्त अरब इमिरेट्सबाट उक्त राज्यमा आएका २२ वर्षीय युवकको मंकीपक्सबाट मृ’त्यु भएको हो ।
केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जले ती व्यक्तिले सुरुमा विदेशमा परीक्षणका क्रममा मंकीपक्स पोजेटिभ देखिएको बताइन । उनको मृ’त्युपछि परीक्षण गरिएका नमूनाहरूमा पनि भा’इरस भेटिएको मन्त्री जर्जले जानकारी दिइन् ।
मंकीपक्सका कारण अफ्रिकाबाहेक यो चौथो मृ’त्यु हो । यसअघि स्पेनमा २ र ब्राजिलमा १ जना मंकीपक्सका कारण मृ’त्यु भएको थियो ।
सं’क्रमि’त व्यक्ति एक सैन्य अधिकारी थिए जसले देशको उत्तर–पूर्वी एक अस्पतालमा रिपोर्ट गरेका थिए । अस्पतालमा रिपोर्ट गरेको तीन दिनपछि उनको मृत्यु भएको थियो । उनलाई हल्का ज्वरो र रातो विमिरा आएका थिए ।





प्रतिक्रिया दिनुहोस