माैलिक कौराह संरक्षण कार्यक्रममा मनोज घर्तिमगर पुरस्कृत
195 Views

कास्की, साउन १६ खोज मिडिया । नेपाल मगर पत्रकार संघ कास्कीले साँस्कृतिक,भेषभुषा मगर पहिचानकाे आधार, समृद्ध मगर समाजका लागि सक्षम मगर पत्रकार, माैलिक कौराह संरक्षण कार्यक्रम सम्पन्न गरियो ।
मगर समुदायका पत्रकारिता क्षेत्रमा अब्बल रही मगर समुदाय भित्रको हरेक विषयलाई उत्थान गर्ने पत्रकारलाई सम्मान गरिएको हो । नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणको पक्षमा र पत्रकारितामार्फत उजागर गरेको भन्दै कानुन व्यवसायी एवम पत्रकार मनोज घर्तीमगरलाई पुरस्कार प्रदान गरिएको हो ।
राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार तथा नेपाल मगर पत्रकार संघ कास्की शाखाको दोस्रो अधिवेशनको अवसरमा पत्रकार घर्ती मगरलाई नगद रु १० हजार र ताम्रपत्रद्वारा पुरस्कृत गरिएको थियो । पुरस्कृत घर्तीमगर अधिवक्ता समेत रहेका मनोज घर्ति मगर केहि समय अगाडी जिल्ला अदालत कास्कीबाट पनि सम्मानित भएको थियो ।
यसै कार्यक्रममा मगर पत्रकार कास्की शाखाले नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगर, ओम थापा मगर र एसटी क्रियसन नेपालले आयोजना गरेको पाँचौ संस्करणको मिस मगर नेपाल २०२२ को विजेता तथा रनरअफहरुलाई समेत सम्मान गरिएका थिए । यसअघि उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणमा कलम चलाउँदै आएका पत्रकारहरु कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहु) र मान बहादुर घर्ती (एमबी आस्था) मगर (कास्की) पुरस्कृत भईसकेका थिए ।
सोहि कार्यक्रमको प्रमुख आतिथि कानुन व्यवसायी, पत्रकार मनाेज घर्ती मगर रहेका थिए । विशेष अतिथि मा नेपाल पत्रकार महासंघका अध्यक्ष बिमला भण्डारी थिइन् । उक्त कार्यक्रम सन्चालक उमा आलेमगर रहेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस