पोखरामा पहिरोले पुरी एकको मृ’त्यु
675 Views
कास्की, साउन १६ खोज मिडिया । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.६ दिगोपाटन, पधेंरोमा बस्ने लक्ष्मी खड्का क्षेत्रीको घर पछाडी पहिरो खस्दा घरको कोठा भत्किदा एक जनाको मृ’त्य भएको छ ।
उक्त घटनाको सूचना प्राप्त हुनसाथ व.प्र.कार्यलय बैदामबाट प्र.नि. हरी पौडेलको कमाण्ड १० जना र थप मद्दतको लागि जिल्ला प्रहरी कास्कीबाट प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीको कमाण्डमा १५ जना र सशस्त्र प्रहरी बल कालिका गणबाट सशास्त्र प्रहरी निरिक्षक उमेश ढकालको कमाण्डमा १५ जनाको टोली खटिई उद्धार गरी उक्त कोठामा डेरा गरि बस्ने जिल्ला कास्की माछापूच्छ्रे गा.पा. वडा नं.१ भुर्जुङखोला, तातो पानी घर भएकी २७ वर्षकी सुनिता सुनार घाईते अवस्थामा उद्धार गरी उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएका थिए भने उनको अवस्था मध्यम रहेको जनाएको छ ।
सुनिता सुनारकी छोरी वर्ष १० की सिम्रन सुनारको शकुशल उद्धार गरिएको छ । सुनिता को भाइ अन्दाजी २६ वर्ष को सन्तोष सुनार पहिरोले पुरिएको अवस्थामा उद्धार गरी अस्पताल पठाएका थिए तर उनलाई डाक्टरले मृ’त घोषणा गरेको थियो ।





प्रतिक्रिया दिनुहोस