पोखरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृ’त्यु, ट्रक चालक फरार
411 Views
कास्की, १६ साउन, कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा हिजो साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृ’त्यु भएको छ ।
मृ’त्यु हुनेमा कास्कीकै माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका २७ वर्षीय नवराज नेपाली रहेका छन् ।
दु’र्घ’टनामा गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृ’त्यु भएको हो ।
पोखराबाट हेम्जातर्फ जाँदै गरेको ग १७ प १९७० नम्बरको मोटरसाइकललाई ग १ क ५१५२ नम्बरको ट्रकले हिजो बेलुकी पौने ६ बजे ठ’क्कर दिएको थियो ।
दु’र्घ’टना पश्चात फरार रहेका ट्रक चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस