रिठेपानी स्थित मुख्यचोकको चौतारी वरिपरि हरेक दिन फोहोर थुप्रियो
817 Views
रजनी तामाङ्ग,
कास्की, साउन १५ खोज मिडिया । कास्की जिल्ला पोखरा महानगरपालिका वडानं २७ रिठेपानी स्थित मुख्यचोकको चौतारी वरिपरि हरेक दिन फोहोर थुप्रिने कारणले स्थानीय बासिन्दाको गुनासो सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।
टोल छिमेकी, मुख्य चोक चौतारी, कुलो नहरमा हरेक दिन फोहोर थुप्रिने गरेका छन् । जसका कारण नहर वरिपरिका छरछिमेकी घर नजिकैको फोहोरको कारण त्यहाँका बासिन्दाहरु सरसफाई गरिरहदा पनि फोहोर निर्मुल हुन भने सकेनन ।

रिठेपानी राईजीङ स्टार युथ क्लबले हरेक महिनामा सरसफाई अभियान कार्यक्रम गरि रिठेपानी समुदाय भित्र रहेका कुलो, नहर,सडक देखि लिएर क्लवका युवाहरु एकजुट भई सरसफाई कार्यक्रम गर्दै आएका छन् । रिठेपानी राईजीङ स्टार युथ क्लबको १३३ औ शृङ्खला को सरसफाइ अभियान हिजो साउन १४ गते मात्रै सम्पन्न भएको जनाएका छन् ।

घर नजिकै रहेका सडक,चौतारी, नहर सबैको साझा स्थल हो जुन ठाउँमा फोहोर भईहालेता पनि जसले जत्ति सकिन्छ र जत्ति भ्याईन्छ ति व्यक्तिले सरसफाई गर्नु पनि समाजको लागि पुन्य हुने विषय हो । रिठेपानीमा हेर्ने हो भने ठुलठुला महल जत्रा आरसीसी घरहरु प्रसस्त देखिन्छन् तर त्यही महलको नजिकैको बाहिर पट्टि देखिएको फोहोरको थुप्रोले त्यहाँको समाज र बासिन्दालाई अस्वभनिय देखिन्छन् ।
ति महल जत्रा घरहरुको भित्र हेर्नेहो भने खुट्टा चिप्लिएर लडिन्छ जस्तो देखिन्छ तर त्यहीं घर नजिकैको नहरमा यत्ति धेरै फोहोर थुप्रिदा पनि मनले कसरि थाम्न सके होलान? बाहिर बोक्रो भित्र खोक्रो भने जस्तै त्यस समुदायका मानिसहरुको चहलपहल, रहनसहन देख्दा साचिनै स्वर्गकी परि जस्तै देखिन्छन् तर फोहोरको थुप्रो घरबाट बाहिर निस्कने सडकमा देख्दा उनीहरुलाई किन महसुस भएन होलान?

घर भित्र मात्रै टल्किने पारेर सडकमा फोहोर थुपार्ने ति अस्वभाविक व्यवहार स्थानीय बासिन्दाहरुले बुजेर सुधार्नुपर्ने देखिन्छ । यदी फोहोर गर्न सकिन्छ भने फोहोरलाई नियन्त्रण पनि गर्न सक्नुपर्छ होइन भने सडक,नहर चौतारीको मुख्य चोकमा फोहोर थुपार्ने अस्वभाविक व्यवहार गर्ने व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउन जरुरि देखिन्छ ।
सामाजिक संजाल मार्फत एक सरसफाई अभियानता युवकले लेखिएका छन् –“बिन्ती बाटो नहर जथाभावी फोहोर नफालिदिनुहोस !! थोरै भएपनी समाजसेवा गरौ!! नहरमा फोहोर कहिले सम्म ? अबत अतिनै भयो थाकिसके गलिसके मन पनि अन्तिम स्थल सम्म पुगिसक्यो दुख लाग्छ अब कस्लाई भनौ कस्लाई सम्झाउ अब कस्ले यसको उपाय खोजिदेला अनि राज्यले किन कानुन नल्याईदिएको होला?”
उक्त रिठेपानी समुदायलाई सफा, स्वच्छ, सुन्दर, हरियाली बनाउने सोच लिएर हरेक महिनामा सरसफाई अभियान गरेका अभियन्ताहरुको ठुलो गुनासो रहेको देखिन्छ । उनीहरुले अघिल्लो दिनमा मात्रै सरसफाई गरेको ठाउँमा भोलि पल्ट बिहानै फोहोरको थुप्रो देखेपछि उनीहरुले सामाजिक संजाल मार्फत नेपाल सरकारसंग जरिवानाको माग राखेका छन् । उनले लेखेका छन्,-पोखरा २७ रिठेपानी मुख्यचोकको चौतारी वरिपरी हरेक दिन यस्तै फोहोर हुनेगर्छ किन हिजो शनिवार मात्र हामिले यहि बाट सफाई गरेका थियौ तर आज नहर बाट आएको फोहोर यहाँ निकालेर जम्मा गरिएको छ यस्को ध्यान सधै क्लबले मात्र दिने होर अनि के हजुरहरु सधै नहरमा बाटोमा फोहोर फाल्ने हामि कहिले सम्म सफा गरिरहने ??? बिन्ती सरकार जरिवानाको कानुन ल्यादिनुहोस बिन्ती सरकार !!!
यसरी बर्खयाममा नहरमा बगेर आउने फोहोर टिपेर सडक, मुख्य चौतारीको चोकहरुमा थुपारी समुदायलाई नै दुषित हुने हुँदा यसरि सडक र मुख्य चोकहरुमा फोहोर नगर्नका लागि पटक-पटक सम्झाई बुझाई गर्दा पनि फोहोर थुपार्ने कार्य नारोकीय पछि सरसफाई अभियान्तहरुले सरकारसंग जरिवानाको माग राख्न बाध्य भएका छन् ।





प्रतिक्रिया दिनुहोस