पोखरामा श्रीङ्गार तथा भाषणकला प्रशिक्षण एक दिने तालिम सम्पन्न
1140 Views
कास्की, साउन १४ खोज मिडिया । कास्की जिल्ला गण्डकी प्रदेशको राजधानी पोखरामा साउन १४ गते शनिबार मगर चलचित्रकर्मी संघ, नेपाल, कास्कीद्वारा आयोजना गरिएको श्रीङ्गार तथा भाषणकला प्रशिक्षण एक दिने तालिम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको मुख्य प्रायोजक ग्लोरी फेसन हाउस (सुन्दर मार्ग), एस.बि.ट्रेडर्स (बुद्ध विशाल बजार), ईन्स्योरेन्स एजेन्सी म्यानेजर उदेश पुन रहेको छ । कार्यक्रमका सहयोगीहरु कर्णप्रिय सङ्गगितालयका संचालक करण तामाङ्ग, नागडाँडा पोलिक्लिनिक प्रालि, सरिता कस्मेटिक पसल, एसएस कलेक्सन र मिडिया पार्टनरमा खोज मिडिया रहेका सोहि तालिमका श्रीङ्गगार प्रमुख प्रशिक्षक मेकअप आर्टिस्ट तृस्ता थापा मगर रहेकि थिइन् भने भाषणकला प्रशिक्षण पत्रकार रुद्र श्रीस मगर रहेका थिए ।
श्रीङ्गार तथा भाषणकला प्रशिक्षण एक दिने तालिममा महिला तथा पुरुष युवायुवतीहरुको बाग्लो उपस्थित रहेका थिए । उक्त तालिममा श्रीङ्गारको लागि डेमो गरि देखाईएर प्रशिक्षार्थिहरुलाई तालिम दिएका थिए भने भाषणकलाको लागि पनि पुरुष तर्फबाट एक जना र महिला तर्फबाट एक जनालाई मन्च अगाडिको पोडियममा बोलन लगाईएको थियो जस कारण भाषणकला वृद्धिमा टेवा पुग्दछ । उक्त तालिम समाप्त घोषणा पश्चात विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि रहेका थिए जुन सांस्कृतिक कार्यक्रमबाट उपस्थित अतिथिहरुलाई मनोरन्जन गराउनका लागि (पोखरा कलाकेन्द्र)का कलाकार भाईबहिनीहरुको सुन्दर नृत्य प्रस्तुति रहेका थिए ।
तालिम समापन सत्रमा विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थित रहेका थिए । उक्त कार्यक्रमको सभाध्यक्ष “मगर चलचित्रकर्मी संघ, नेपाल, कास्की” का अध्यक्ष एवम पोखरा कलाकेन्द्र संचालक राहुल थापा मगर रहेका थिए । सोहि कार्यक्रमका प्रमुख अतिथि “नेपाल मगर संघ कास्की” का अध्यक्ष संगीता पुन मगर,अन्य अतिथिहरुमा “लालिगुराश ड्रेस” का संचालक तारा बहादुर गुरुङ, तालिम प्रशिक्षक पत्रकार रुद्र श्रीस मगर, मेकप आर्टिस्ट तृस्टा थापा मगर, “चलचित्र कर्मी” म्याक्सन फोर्डी स्टुडियो का संचालक सन्तोष पिठाकोटे मगर, “मगर फिल्म एसोसिएसन केन्द्रीय” माहासचिब सुमन थापा मगर,”लोक नृत्य कलाकार संघ कास्की” का अध्यक्ष केश बहादुर गुरुङ, “लोक नृत्य कलाकार संघ” का सल्लाहकार नृत्य निर्देशक बबिता गुरुङ,कर्णप्रिय संगीत प्रसिक्षण संचालक करण तामाङ्ग, “अनुपम म्युजिक पोखरा” का संचालक गितकार अनुराग अधिकारी,”नेपाल मगर सास्कृतिक संघ कास्की”का अध्यक्ष सरिता सारु मगर, ग्लोरी फेसन हाउस का संचालक ,स्वर कि धनी आफैमा मोडल शन्ती सृस मगर रहेका थिए ।
यस कार्यक्रममा २०२२ का मिस मगरहरुलाई सम्मान गरिएका थिए भने तालिम लिएका प्रशिक्षार्थिहरुलाई प्रमाण पत्र वितरण संगै प्रमुख अतिथिलाई मायाको चिनो र अतिथिहरुलाई कदर पत्र प्रधान गरिएको थिए भने उक्त कार्यक्रम संचालक एवम उद्घोषक बजिन्द्र बुढामगर रहेको कार्यक्रममा “मगर चलचित्रकर्मी संघ, नेपाल, कास्की”का अध्यक्ष राहुल थापा मगरले कार्यक्रम समापन भएको घोषणा गरि कार्यक्रम समाप्त गरियो ।





प्रतिक्रिया दिनुहोस