अछाममा श्रीमानको कुटाइबाट श्रीमतीको मृ’त्यु
467 Views
अछाम, १३ साउन, अछाममा श्रीमानको कुटपिटबाट श्रीमतीको मृ’त्यु भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडाकी ४० वर्षीया मान्मा विकको ज्यान गएको छ ।
बिहीबार राति घरायसी विवाद हुँदा श्रीमान् ४८ वर्षीय पहेलु विकले कु’टपि’ट गर्दा श्रीमती मान्माको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । कु’टपि’टबाट श्रीमतीको ज्यान गएपछि पहेलु विक फरार रहेका र उनको खोजी भइरहेको प्रहरी जनाएको छ ।





प्रतिक्रिया दिनुहोस