सेनाले गर्यो मृ’त्युदण्डको बचाउ
512 Views
एजेन्सी
म्यानमार, ११ साउन, म्यानमारको सेनाले यसै साता चार जना अभियानकर्मी माथि दिइएको मृ’त्यु’दण्डको बचाउ गरेको छ । सेनाले मंगलबार देशले दशकमा पहिलो पटक मृत्युदण्ड दिएको थियो । मृ’त्यु’दण्ड’को अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको थियो । सजाय पाएकामध्ये दुई जना मृ’त्युद’ण्डको हकदार भएको सेनाले जिकिर गरेको छ ।
मृ’त्युद’ण्डबारे गरिएका अन्तर्राष्ट्रिय निन्दाको जुन्ताले कडा आलोचनासमेत गरेको छ । उनीहरूलाई कानुनी पक्रिया पूरा गरेर सजाय दिइएको सेनाले दाबी गरेकाे छ । प्रवक्ता जाव मिन टुनले दोषीलाई ‘अदालती प्रक्रियाअनुसार आफ्नो प्रतिरक्षा गर्ने अधिकार दिइएको’ बताए ।
‘हामीले उनीहरूको सजायलाई अन्य मृ’त्यु’दण्डका मु’द्दाहरूसँग तुलना गर्ने हो भने उनीहरूलाई धेरै पटक मृ’त्युद’ण्ड दिइनु पर्ने थियो’, उनले राजधानी नेपिडाउमा नियमित पत्रकार सम्मेलनमा भने । उनीहरूले धेरै निर्दोष मानिसलाई हानि गरेको उनले दाबी गरे ।
मृ’त्युद’ण्ड पाउनेमा आङ सान सुकीको पार्टीका पूर्वसांसद थिए । उनलाई भिडियो कन्फरेन्समार्फ परिवारका सदस्यहरूसँग भेट्न अनुमति दिइएको उनले बताए ।
सेनाले पूर्वसांसद फ्यो जेया थाउ, लेखक तथा कार्यकर्ता को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जावरलाई ‘आतंकवादी कार्य’मा संलग्न रहेको अभियोग लगाएको थियो ।
जुनमा सेनाले पहिलो पटक घोषणा गरेको मृ’त्युद’ण्डको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको थियो । जुन्ता सरकारले गत वर्ष फेव्रुवरीमा आङ सान सुकीको नेतृत्वमा रहेको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) सरकारलाई अपदस्त गरेको थियो । जुन महिनामा सेनाले मृ’त्युद’ण्डको घोषणा गर्दा अन्तर्राष्ट्रिय समुदायले त्यसको निन्दा गरेको थियो ।





प्रतिक्रिया दिनुहोस