सुरेन्द्र तामाङ्ग माथि भएको दु’र्व्य’वहार प्रति गम्भीर ध्यानार्षण(आराम तामाङ्ग)
553 Views
रजनी तामाङ्ग,
काठमाडौँ, ११ साउन खोज मिडिया । राप्रपा नेपालको संस्थापक राष्ट्रिय अध्यक्ष आईताराम(आराम) तामाङ पनौती वडा न:४ स्थित एउटा कार्यलाय कार्यरत रहेका सुरेन्द्र तामाङ्ग माथि भएको दु’र्व्य’वहार प्रति गम्भीर ध्यानार्षण भएको छ ।
कम्प्युटर अपरेटर सुरेन्द्र तामाङ माथीको विभिन्न अपशब्द प्रयोग गरि जातिय सम्प्रदाय बिखण्डन गर्ने शब्द प्रयोग गरि आ’क्रमण गर्ने सुबास थापालाई छिटोभन्दा छिटो प’क्रा’उ गरि उचित तरिकाले छानबिन गरि कानुनी दायरामा ल्याउनु पर्ने जनाएको छ ।
तामाङ सम्प्रदाय मात्रै नभई अरु जातीय सम्प्रदायलाई बिखण्डन हुने गरि तर्क दिने जो कोहि पनि कानुनको दायरा ल्याउनु पर्छ र यो विषयमा सम्बन्धित निकायले तत्काल कारबाही गर्नुपर्ने बताएको छ । आराम तामाङ्ग हाल बैदेशिक भ्रमणको क्रममा रहेता पनि नेपाल भित्र घटेका हरेक घ’टना वा क्रियाकलापहरुको विषयमा आवाज उठाउने समाजसेवी आराम तामाङ्ग यत्तिबेला सुरेन्द्र तामांग माथि भएको दु’र्व्यवहार प्रति चिन्ताजनक रहेको बताए ।
दुखि, गरिब, असाहय व्यक्तिहरुको लागि जेजस्तो कार्यबाट पनि सहयोग गर्ने समाजसेवी आराम तामाङ्गले अरु माथि दु’र्व्यव’हार भएको अन्याय भएको देख्न सक्दैनन् । अबको दिनहरुमा जो कोहिले यस्तो शब्द प्रयोग गरि आ’क्रमण गर्ने नगरौं,शान्तिपुर्ण वातावरणबाटै सबैको विषयको हल हुनेहुँदा सबैले बुद्धले अवलम्बन गरेको बाटो पछ्याउन आग्रह समेत गरेका छन् ।





प्रतिक्रिया दिनुहोस