पोखरामा भीरबाट लडेर एक जनाको मृ’त्यु
474 Views
काठमाडौं, १० साउन, पोखरामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । मृ’त्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १७ का ५० वर्षीय मंगल सिंह रहेका छन् ।
कास्की प्र’हरीका अनुसार आज बिहान ११:३५ बजे सिंह आफ्नै घर नजिकैको लामातहरास्थित भी’रबाट लडेर ग’म्भीर घा’इते भएका थिए ।
उनलाई प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याएको थियो । सिंहको उपचारकै क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस