गाडीले ठक्कर दिएर भुइमा ढलेपछि लु’टपा’ट
504 Views
एजेन्सी
न्युयोर्क, १० साउन, एउटा डरलाग्दो घ’टनामा एक व्यक्तिलाई कारले ठ’क्कर दिन्छ । त्यसपछि उनी बाँच्नको लागि संघर्ष गर्छन् । उनी भुइँमा छटपटाइरहेका हुन्छ । त्यही बेला उनी लुटिन्छन् । यो अमेरिकामा हालै भएको घ’ट’ना हो ।
न्यूयोर्क प्रहरी विभाग (एनवाईपीडी) ले दु’र्घट’नाको फुटेज ट्विटरमा सेयर गर्दै उक्त घटना शनिबार ब्रोन्क्समा भएको जानकारी दिएको छ । संदिग्धहरूले एक ३९ वर्षीय पुरुषलाई कारले ठ’क्क’र दिए । त्यसपछि जबरजस्ती उसको सम्पत्ति लिन अघि बढे’ पोस्टमा भनिएको छ ।
विभत्स उक्त भिडियोमा कालो, चार ढोकाको सेडानले पिडितलाई हावामा फ्याँकिएको देख्न सकिन्छ । गाडिको ठक्करबाट ३९ वर्षीय ती पुरुष चोट लागेर सडकमा लडेका थिए ।
केही सेकेन्डमै ठक्कर दिने गाडी भित्र रहेका दुईजना व्यक्तिहरू कारबाट बाहिर निस्किए र घटनास्थलबाट भाग्नु अघि उसको पकेटमा भएका सामानहरू लगेका थिए ।
न्यूयोर्क पोस्टका अनुसार उक्त घ’ट’नापछि, एक आपत्कालीन चालक दलले पीडितलाई अस्पतालमा लगेका थिए । उनको अवस्था गम्भीर रहेको जनाइएको छ । प्रहरीले आ’क्रम’ण’कारीको खोजी गरिरहेको छ ।





प्रतिक्रिया दिनुहोस