निर्मला पन्तको ह’त्याको ४ वर्ष, संसदमा खोजियो ‘ह’त्या’रा’
525 Views
काठमाडौं, १० साउन, सांसदहरुले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि ह’त्या भएको घ’ट’नाको दोषी प’क्रा’उ नपरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
१० साउन २०७५ मा हराएकी निर्मलाको भोलिपल्ट ११ साउनमा बलात्कारपछि ह’त्या गरेको अवस्थामा श’व फेला परेको थियो । तर, ह’त्या भएको चार वर्ष पूरा भइसक्दा पनि दोषी प’क्रा’उ पर्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रतिनिधिसभाको जारी बैठकमा केदार सिग्देल र गंगा चौधरीले चार वर्ष पूरा भइसक्दा पनि निर्मला ह’त्या घ’टनाको दोषी प’क्राउ पर्न नसक्नु दुखद् भएको बताए ।
तत्कालीन ओली सरकारले ह’त्या’रालाई छुट दिन खोजेको आरोप लगाउने तत्कालीन प्रतिपक्षी दलका सांसदहरुको आवाज अहिले सत्तामा पुगेपछि बन्द भएको उनीहरुको आरोप छ ।
‘तत्कालीन ओली सरकारले ह’त्या’रालाई छुट दिन अनुसन्धान नगरेको भन्दै कांग्रेसका माननीयज्यूहरुले यो हलै थर्कनेगरी बोलेको सुनिन्थ्यो,’ सांसद सिग्देलले संसद बैठकमा भने, ‘म सोध्न चाहान्छु, देउवा सरकारले यो एक वर्षसम्म अपराधी पत्ता लगाउन के के काम गर्यो ? सिन्को भाँचेको छैन । अ’परा’धीलाई पत्ता लगाइ कारबाही गर्र्न प्रतिपक्ष दल सहयोग गर्न चाहन्छ, दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्छु ।’
साथै सांसद गंगा चौधरीले निर्मला पन्तले न्याय पाएकी हुन् भन्दै प्रश्न गरेकी छन् । ‘सदनमा चर्काेचर्काे आवाज गुन्जिन्थ्यो, त्यो आवाज खोज्दैछु, निर्मला पन्तले न्याय पाएकै हुन् ? ह’त्यारा पत्ता लागेकै हो ?,’ उनले भनिन्, ‘ह’त्या’रा पत्ता लागेको हो भने कुन कारागारमा राखेको छ ? दोषीलाई किन सार्वजनिक गरेको छैन ?’





प्रतिक्रिया दिनुहोस