सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष सोनिया गान्धीमाथि दोस्रो पटक सोधपुछ
455 Views
एजेन्सी
नयाँ दिल्ली, १० साउन, सम्पत्ति शुद्धीकरण मुद्दामा भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धी आज मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा उपस्थित हुने भएकी छिन् ।
नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोधपुछको लागि नेतृ सोनिया दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) मुख्यालयमा जाँदैछिन् ।
निर्देशनालयमा उनको सोधपुछलाई लिएर कंग्रेसले विरोध गरेको छ । सोधपुछपछि राहुल गान्धीको नेतृत्वमा कंग्रेस सांसदहरूले विरोध प्रदर्शन गरेका छन् । विपक्षी नेताहरूलाई निशाना बनाउने केन्द्रीय एजेन्सीहरूको कथित दुरुपयोग गरेको आरोप लगाउँदै त्यसको विरोधमा संसद भवनबाट राष्ट्रपति भवनसम्म कांग्रेस सांसदहरूले मार्च गरेका थिए । मार्चको नेतृत्व कंग्रेस नेता राहुल गान्धीले गरेका थिए ।
यसअघि सोही मुद्दामा राहुल गान्धी पटक पटक इडीमा उपस्थित भएका थिए। उनलाई त्यहाँ घन्टौंसम्म सोधपुछ गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस