हजारको नक्कली नोटसहित एक जना प’क्रा’उ
509 Views
पर्सा, १० साउन, वीरगन्ज महानगरपालिका–११ श्रीपुरटोलस्थित सडकबाट एक हजार दरको ६ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले प’क्रा’उ गरेको छ ।
पक्रा’उ पर्नेमा रौतहट परोहा नगरपालिका–३ बस्ने ३२ वर्षीय बिटु दुवेदी रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले प’क्रा’उ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरीले दुवेदीलाई जाँच गर्दा उनको साथमा नक्कली नोट भेटिएपछि पक्राउ गरेको हो ।
उनी उपर मुद्रा सम्बन्धी (खोटा चलन) कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।





प्रतिक्रिया दिनुहोस