पहिरोले घर पुरिँदा एकैघरका तीन जनाको मृ’त्यु, एक घा’इते
281 Views
अछाम, ९ साउन, पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृ’त्यु भएको छ । तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृ’त्यु भएको हो । अमरका भाइ वीरेन्द्र विष्ट, छोरा संविधान विष्ट र वुहारी हरिकला विष्टको घटनास्थलमै मृ’त्युु भएको हो ।
नैना विष्ट गम्भीर घाइते भएको घटनास्थलमा रहेका स्थानीय निरक शाहीले जानकारी दिए । अहिले स्थानिय जनप्रतिनिधि, प्रहरीको सक्रियतामा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस