शल्यक्रिया शब्दलाई चिप्लिएर सलानकिरा भएको भिडियो भाईरल भएपछि
406 Views
काठमाडौँ, साउन ४ खोज मिडिया । नेकपा एमालेकी सांसद नविना लामाले प्रतिनिधिसभा बैठकमा बोलेको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पूर्व विद्यार्थी नेता समेत रहेकी सांसद लामाले १ मिनेट बोलेको भिडियोमा तीन चार ठाउँमा शब्द चिप्लिएपछि मजाक उडाउँदै शेयर गरिरहेको पाईएको छ।

सांसद लामाको प्रतिक्रिया; नेपाली टोनमा कमजोर छु, शब्द बिग्रिएकै हो
सांसद नविना लामाले १ मिनेटमा धेरै कुरा बोल्न हतार गरेका कारण र आफू नेपाली टोनमा कमजोर भएका कारण शब्दमा चिप्लिएको बताएकी छिन् । उनले भनिन्‘अरुबेला पनि कहिलेकाँही मेरो शब्दमा मिस्टेक हुन्छ तर मैले उठाएको मुद्दा त सहि छ नी । मैले आफैले लेखेको कुरा हो, १ मिनेटभित्र सबै कुरा भनि सकाउनुपर्ने थियो, हतार गर्दा त्यस्तो भएको हो । १ मिनेटमा सबै कुरा छिटो भन्ने कला पनि सिकिएन । मेरो अरुबेला पनि केही शब्द बिग्रिन्छ किनभने म नेपाली टोनमा कमजोर पनि छु ।’
साउन ४ गते बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद लामाले स्वास्थ्य समस्या जस्तो ग’म्भी’र विषय सदनमा उठाएकी थिइन् । उनले गंगालाल हृदय रो’ग अस्पतालमा अक्सीजेनेरेटरको अभावमा मुटुको श’ल्यक्रि’या गर्ने काम रोकिएको विषय सदनमा उठाएकी थिइन्! तर कागज हेर्दै लिखित रुपमा आफ्नो धारणा राखेकी लामाले पटक-पटक श’ल्यक्रि’याको सहि उच्चारण गर्न असहज भएकी थिन् । उनले लिखित रुपमा पढेको भाषण शुद्ध उचारण गर्न नसकिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेका छन् ।
उनले अक्सीजेनेरेटरको अभावमा मुटुको श’ल्य’क्रिया रोकिएको छ भन्नुपर्नेमा अक्सीमिटरको अभावमा मुटुको सलानकिरा रोकिएको छ भन्न पुगेकी थिइन् । सामाजिक सञ्जालमा लामाले बोलेको भिडियो क्लिप राख्दै अनुराग साहले लेखेका छन्;“अनेरास्ववियुको अध्यक्ष हुँदै संघीय सांसद बनेकी सांसद नविना लामाको यो अवस्था हेर्दा दया लाग्यो । लेखेको कुरा राम्रोसँग पढन नजान्ने हरुले देशको निति नियम चाहि कसरी राम्रो सँग लेख्लान् ?”
यस्तै इञ्जिनीयर राजदाश श्रेष्ठले लामाको भिडियो शेयर गर्दै लेखेका छन्;” धन्य हाम्रो सुन्दर भविष्य १११ हाम्रा ठुल्ठूला गौरवशाली राष्ट्रिय पार्टीका दोस्रा र तेस्रा पुस्ताका होनहार युवा नेताहरु जो भोली प्रधानमन्त्री र राष्ट्रपति बन्ने पर्खाईमा छन् ।”





प्रतिक्रिया दिनुहोस