सेतीनदी जाने वाटोमा सेतीगंगा फल्चा (पाटी) निर्माण
591 Views
पोखरा । पोखरा महानगरपालिका वडा नं ९ सेती नदि किनारमा निर्माण गरिएको सेतिगंगा पाटी (फल्चा)को आइतबार उद्घाटन गरिएको छ ।
तुलसीघाटस्थित अस्थायी प्रहरी विटको गेटदेखि सेतीनदी जाने बाटोको विच भागमा पहरामा बनाइएको उक्त फल्चाको पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले उद्घाटन गरेका हुन् । उनले वडा प्रतिनिधिहरुले जनतासंग मिलेर आवश्यकताको आधारमा काम गर्ने वताएका थिए ।

सेतीगंगा टोलबिकास संस्था तथा सौभाग्य महिला समुहको सम्युक्त आयोजनामा भएको कार्यक्रममा पोखरा ९ का जनप्रतिनिधिहरु नन्दराम गिरी, भावना श्रेष्ठ, गिता चम्रकार, पुर्व वडा सदस्य राममाया मानन्धर, वडा सचिव झंकनाथ पौडेल, सुचना अधिकारी लोकदर्शन कोइराला, कर्मचारीहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

सो अवसरमा वाटोको किनारमा रहेको पर्खालमा सय वटा गमलामा फुलका वेर्ना सारिएको थियो । २०७८ सालको ठुली एकादशी पर्वको अवसरमा प्राप्त दान तथा विभिन्न दानदाताले दिएको रकमले फल्चा निर्माण गरिएको फल्चाका परिकल्पनाकार रोशन मानन्धरले वताए ।
सेतीगंगा टोलविकास संस्थाका अध्यक्ष रोशन मानन्धर र सौभाग्य आमा समुहकी अध्यक्ष विजया लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विजया लामिछानेले र संचालन उत्तम जोशीले गरेका थिए ।





प्रतिक्रिया दिनुहोस