सवारी दुर्घटनामा परी सात जनाको मृ’त्यु
384 Views
काठमाडौं, १ साउन, काठमाडौं, चितवन, तनहुँ, बारा र नुवाकोटका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दु’र्घट’नामा परी सात जनाको मृ’त्यु भएको छ ।
काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित सडकमा बा.५ ख २८७२ नम्बरको बस र बा.७० प ६१२८ नम्बरको मोटरसाइकल शनिबार ठोक्किँदा एक जनाको मृ’त्यु भएको छ ।
मृ’त्यु हुनेमा मोटरसाइकल चालक नागर्जुन नगरपालिका–१ रानीवन बस्ने २८ वर्षीय रोमन थापा मगर रहेका छन् । दु’र्घट’नामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृ’त्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१० स्याउली बजारस्थित सडकमा बा.१३ च २३७१ नम्बरको कारले प्रदेश ३–०१–२२ च ७५५४ नम्बरको भ्यानलाई शनिबार ठक्कर दिँदा एक जनाको मृ’त्यु भएको छ ।
मृ’त्यु हुनेमा भ्यान चालक नवलपरासी (पश्चिम) प्रतापपुर गाउँपालिका–७ बस्ने २४ वर्षीय अमृत कुमार कुशवाहा रहेका छन् ।
दु’र्घ’टनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको हो । दु’र्घट’नामा ना.६३ प ११०९ नम्बरको स्कुटरमा समेत क्षति पुगेको छ । तीन वटै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनकै भरतपुर महानगरपालिका–१५ रामपुरस्थित सडकमा ग.२ च ९०६२ नम्बरको कारले ना.३३ प १४५५ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा एक जनाको मृ’त्यु भएको छ ।
मृ’त्यु हुनेमा मोटरसाइकल चालक हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष रहेका छन् । दु’र्घट’नामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृ’त्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँको ब्यास नगरपालिका–११ फरकचौरस्थित सडकमा ग.१ क ३६८३ नम्बरको बस र ग.१५ प ६५०४ नम्बरको मोटरसाइकल शनिबार ठोक्किँदा एक जनाको मृ’त्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही नगरपालिका–११ बस्ने २३ वर्षीय बिक्रम सुनार रहेका छन् ।
दु’र्घट’नामा ग’म्भीर घा’इते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृ’त्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको महागढीमाई नगरपालिका–५ दहियारस्थित सडकमा प्र.२–०३–०२० प ४१७२ नम्बर मोटरसाइकल शनिबार दु’र्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा मोटरसाइकलमा सवार सर्लाही सेखौना बस्ने २८ वर्षीय अरबिन्द कुमार कुशवाहा रहेका छन् ।
दु’र्घ’टनामा गम्भीर घाइते भएका उनको राजलक्ष्मी अस्पताल कलैयामा उपचारको क्रममा मृ’त्यु भएको हो । दुर्घ’टनामा घा’इते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
नुवाकोटको लिखु गाउँपालिका–६ छहरेस्थित सडकमा ना.६२ प ९५२१ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर गएराति दु’र्घ’टना हुँदा एक जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २७ वर्षीय करण केसी रहेका छन् । उनको घटनास्थलमै मृ’त्यु भएको हो ।
दु’र्घट’नामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय अनिस श्रेष्ठलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।
नुवाकोटको ककनी गाउँपालिका–१ महालक्ष्मीथानस्थित सडकमा बा.४ ख ३७२८ नम्बरको टिपर आइतबार बिहान दुर्घ’टना हुँदा एक जनाको मृ’त्यु भएको ।
मृ’त्यु हुनेमा टिपरमा सवार ककनी गाउँपालिका–१ बस्ने ३२ वर्षीया बसन्ती बलामी रहेकी छन् । उनको घटनास्थलमै मृ’त्यु भएको हो । दु’र्घट’नामा घाइते भएका टिपरमा सवार ५ जनालाई उपचारको लागि काठमाडौं ल्याइएको छ ।





प्रतिक्रिया दिनुहोस