वैदेशिक रोजगार कसूर मुद्दाका फरार प्रतिवादी प’क्रा’उ
525 Views
काठमाडौं, ३० असार, वैदेशिक रोजगार कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले प’क्रा’उ गरेको छ । प’क्रा’उ पर्नेमा चितवन कालिका नगरपालिका–८ बस्ने ४६ वर्षीय श्रीकृष्ण घिसिङ्ग तामाङ् छन् । उनलाई बिहीबार प्रहरीले प’क्रा’उ गरेको हो ।
वैदेशिक रोजगार संचालन गर्ने अनुमति नै नपाएका घिसिङ्गले आकर्षक रोजगारका लागि राम्रो पारिश्रमिकमा इजरायल, जापान लगायतका मुलुकहरूमा पठाईदिने झुट्टा आश्वासन देखाई ठगी गरेका थिए ।
पीडितहरूलाई विभिन्न मितिमा ठगी गरेको वैदेशिक रोजगार कसूरका ३ थान मुद्दामा सर्वोच्च अदालतले उनलाई २०७७ चैत १७ गते ६ वर्ष कैद र ६ लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो ।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंको कलंकीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ ।





प्रतिक्रिया दिनुहोस