कुकुरको टो’काइबाट बैतडीमा लेखापालको मृ’त्यु
535 Views
बैतडी, २४ असार, बैतडीमा कुकुरको टोकाइबाट एक व्यक्तिको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका-७ स्थित बालकृष्ण माध्यमिक विद्यालयका लेखापाल ३६ वर्षीय नरेन्द्र बहादुर साउँद रहेका छन् ।
उनलाई तीन महिना पहिले कुकुरले टो’केको थियो । कुकुरले टो’केपछि उनको स्वास्थ्य अवस्था दैनिक बिग्रँदै गएको थियो ।
उनलाई गत मंगलबार उपचारका लागि अस्पताल लगिएको हो । चेकजाँचका क्रममा रेबिज पुष्टि भएको र उपचारकै क्रममा मृ’त्यु भएको सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भट्टले बताए ।
परिवारका अन्य सदस्यहरूलाई पनि कुकुरले टो’केको आफन्त सूर्यबहादुर बोहराले बताए ।





प्रतिक्रिया दिनुहोस