सहकारीहरुलाई २४ लाख ६० हजार घुम्तीकोष रकम हस्तान्तरण
1003 Views
पोखरा । कास्की जिल्लामा गुड नेवर्स इन्टरनेश्नल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपालद्धारा संचालित एकीकृत सामुदायिक विकास परियोजनाले ६ वटा सहकारीमा आवद्ध रहेका ४१ जना कृषकलाई कृषि तथा पशुपालन ब्यावसाय संचालनकालागि सहकारी मार्फत घुम्तीकोष परिचालन गर्ने उद्देश्यले सहकारीहरुलाई २४ लाख ६० हजार रुपैंया घुम्ती कोष सहयोग रकम हस्तान्तरण गरेको छ ।
६ वटै सहकारीका अध्यक्ष तथा ब्यवस्थापकको सहभागितामा आयोजित रकम हस्तान्तरण कार्यक्रममा गुड नेवर्स इन्टरनेश्नल नेपालका जिल्ला संयोजक मनकुमार राईले सहकारीको सुशाशन तथा सहकारी दिगो विकासकालागि सहकारी ब्यावसायको महत्वको बारेमा वोलेका थिए ।
नौलो घुम्ती नेपालका कार्यकारी निर्देशक अनेश गुरुङ्गले सहकारी साक्षरता जस्ता कार्यक्रम संचालन गरी सहकारीको शेयर सदस्य बृद्धि तथाउक्त कोषको प्रभावकारी परिचालनमार्फत आयआर्जन बृद्धिमा जोड दिनुपर्ने वताएका थिए ।
वित्त तथा प्रशासन अधिकृत तुलबहादुर रानाभाटले सहकारी प्रभावकारी संचानकालागि विभिन्न समिति तथा उपसमितिहरु र ब्यावस्थापकको जिम्मेवारी तथा प्रभावकारी लेखा अभिलेखको बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रम संयोजक महेश विश्वकर्माले परियोजनाले संचालन गरिरहेका कार्यक्रहरु माथी प्रकाश पार्दै समुदायमा आय आर्जन सृजनाकालागि सहकारीहरुको अहम् भुमिका रहने वताए ।
संस्थाले कास्की जिल्लामा एकीकृत सामुदायिक विकास परियोजना सन् २०१६ देखि संचालन गरिहेको छ । परियोजनाको कार्यक्षेत्र अन्र्तगत अन्नपुर्ण गाँउपालिकाको तोल्का बचत तथा ऋण सहकारी संस्था, श्री कान्छी बराह महिला विकास बचत तथा ऋण सहकारी संस्था, पन्चधाम कृषी विकास बचत तथा ऋण सहकारी संस्था, अन्नपुर्ण गाँउपालिकाको मर्दि बराह महिला विकास बचत तथा ऋण सहकारी संस्था, मादी गाँउपालिकाको मिजुरे मिलन कफी उत्पादक सहकारी संस्था र तोगी लम्तरी कफी उत्पादक सहकारी संस्था मार्फत घुम्तीकोष परिचालन तथा विभिन्न आय आर्जनका कार्यक्रमहरु संचालन गरिरहेको छ ।
सुरुवातदेखी हालसम्म परियोजना मार्फत ति सहकारीहरुलाई १ करोड ९ लाख ३० हजार ७ सय ७७ रुपैंया घुम्तीकोष सहयोग रकम हस्तान्तरण गरि सकिएको वित्त तथा प्रशासन अधिकृत तुलबहादुर रानाभाटले वताए ।
कार्यक्रमको संचालन सहकारी ब्यावसाय विकास अधिकृत संजिपबहादुर बराल क्षेत्रीले गरेका थिए ।





प्रतिक्रिया दिनुहोस