कञ्चनपुरमा एम्बुलेन्स दु’र्घटना, शिशुको मृ’त्यु
634 Views
धनगढी, २३ असार, कञ्चनपुरमा एम्बुलेन्स दु’र्घटना हुँदा तीन महिने शिशुको मृ’त्यु भएको छ । प्रहरीका अनुसार बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दु’र्घटना हुँदा बेल्डाँडी गाउँपालिका–४ की अनिता खत्रीको तीन दिने शिशुको मृ’त्यु भएको हो ।
तीन दिनअघि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सुत्केरी भएकी अनिता एम्बुलेन्समार्फत् घर जाँदै गर्दा दु’र्घटना भएको प्रहरीले जनाएको छ । एम्बुलेन्समा सुत्केरी महिलाका तीन जना आफन्त सवार थिए । उनीहरू समेत घाइते भएका छन् । घा’इतेहरूको बेलौरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
एम्बुलेन्स अनियन्त्रित भएर घरमा ठोक्किएको बेलौरी प्रहरीले जानकारी दिएको छ । एम्बुलेन्स चालक ज्ञानेन्द्र बोहरा प्रहरी नियन्त्रणमा छन् । दु’र्घटनामा परी अनितासँगै २० वर्षीया लक्ष्मी खत्री र ४५ वर्षीय माघी खत्री घा’इते भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायव निरीक्षक रमेशसिंह बुढाथोकीले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस