उदयपुरका दुई बालिका सुनकोशी नदीमा बे’पत्ता
485 Views
उदयपुर, २३ असार, उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बे’पत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङस्थित सुनकोशी नदीमा बे’पत्ता भएका हुन् ।
बे’पत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी बिना राई र जीतबहादुर राईका १३ वर्षीया छोरी बिपना राई रहेका छन् । बुधबार दिउँसो गाई गोठाला जाँदा नदीमा नुहाउने क्रममा उनीहरु बे’पत्ता भएको त्रियुगा नगरपालिका– १४ का वडाध्याक्ष हिमराज मगरले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस