अरिङगालको टोकाइबाट यस्तो भयो बालकको अवस्था
563 Views
सल्यान, २३ असार खोज मिडिया । सल्यानमा अरिङगालले टो’केर एक बालकको मृ’त्यु भएको छ । कालिमाटी गाउँपालिका-४ बस्ने ललित रानाका ७ वर्षीय छोरा देवदर्शनको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो बाख्रा चराउन घर नजिकै खेतबारीमा गएको बेला रानालाई अरिङगालले टोकेको थियो ।
रानाको सुर्खेतको मेहलकुना अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बालक रानालाई धेरै वटा अरिङगालले एकै पटक टोकेका थिए ।





प्रतिक्रिया दिनुहोस