कर्तव्य ज्या’न तथा ज’वरजस्ती क’रणी मुद्दाका दुई जना फरार प्रतिवादी प’क्राउ
547 Views
पर्वत, २२ असार, कर्तव्य ज्या’न तथा जवरजस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादीलाई प्रहरीले प’क्राउ गरेको छ ।
प’क्राउ पर्नेमा बाँके नेपालगञ्ज उपमहानगरपालिका–६ कसाईटोल बस्ने ३३ वर्षीय अच्छन अलि अन्सारी र बाँके साविक सोनपुर गाबिस–९ ठेगाना भएका ३४ वर्षीय जोहरू भाट रहेका छन् । उनीहरुलाई मंगलबार प्रहरीले प’क्राउ गरेको हो ।
अच्छन अलिले आफ्नै पत्नीलाई २०७५ असार ३१ गते दाईजो कम ल्याएको कुरामा टाउकोमा ला’ठी र भा’ला प्र’हार गरी ग’म्भीर घा’इते बनाएका थिए । २०७५ साउन २१ गते भारतको लखनउमा उपचारको क्रममा अलिको पत्नीको मृ’त्यु भएको थियो ।
यसैगरी जोहरू भाट समेत २ जनाले २०७० भदौ ७ गते दिउसो बाँके साविक सोनपुर गाविस–२ स्थित गिजरा सामुदायिक वनमा दाउरा खोज्न गएकी एक महिलालाई सामूहिक ब’लात्कार गरेका थिए ।
कर्तव्य ज्यान मुद्दामा अच्छन अलिलाई जिल्ला अदालत बाँकेले २० वर्ष कैद सजाय सुनाएको थियो । जोहरू भाटलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाँकेबाट ७ वर्ष कैद र ५० हजार रूपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो ।
अदालतले सजाय सुनाएपछि फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले बाँके जमुनाहास्थित नेपाल–भारत सिमावर्ति क्षेत्रबाट फेला पारी प’क्राउ गरेको हो ।
उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा पेश गरिएको छ ।





प्रतिक्रिया दिनुहोस