रामेछाप बस दु’र्घटना : मृ’तकको संख्या १२ पुग्यो (तस्बिरसहित)
526 Views
रामेछाप, २१ असार, रामेछाप बस दु’र्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापबाट रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस मंगलबार बिहान लुभुघाटमा दु’र्घटना हुँदा घ’टनास्थलमा नौ जना र तीन जनाको उपचारका क्रममा मृ’त्यु भएको हो ।

‘बस दु’र्घटनामा घ’टनास्थलमा नौ जनाको र काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा थप तीन जनाको मृ’त्यु भएको छ,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजु ढकालले जानकारी दिए ।

उनका अनुसार मृ’तकको पहिचान भइसकेको छैन । मृ’त्यु हुनेमा सात जना पुरुष र पाँच जना महिला रहेका प्रहरी निरीक्षक ढकालले बताए ।
दु’र्घटनामा घा’इते भएका २२ जनाको काभ्रेमा उपचार भइरहेको छ । धुलिखेलमा २१ जना र बनेपामा एक जना घाइतेको उपचार भइरहेको जानकारी दिएका ढकालले हेलिकप्टरबाट उद्धार गरिएका तीन जनाको कहाँ उपचार भइरहेको भन्ने एकीन नभएको जानकारी दिए ।

‘तीन जना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको थियो । उनीहरुको कहाँ उपचार भइरहेको छ, एकीन भएको छैन,’ उनले भने, काभ्रेमा उपचार भएका २२ जनामध्येमा छन् कि अन्त कतै लगिएको र उपचार भइरहेको छ, खुल्न बाँकी छ ।’

रामेछापको हिलेदेवीबाट छुटेको सो बस मंगलबार बिहान सवा १० बजे लुभुघाटमा दु’र्घटनामा परेको थियो । दु’र्घटनाको कारण पत्ता नलगाए पनि मोडमा कटाउन नसक्दा दु’र्घटना भयो कि भन्ने अनुमान गरिएको निरीक्षक ढकालले बताए ।









प्रतिक्रिया दिनुहोस