बालाजुमा मोटरसाइकल दु’र्घटना हुँदा चालकको मृ’त्यु
302 Views
काठमाडौं, २१ असार, काठमाडौंको बालाजुमा आज बिहान मोटरसाईकल दु’र्घटना हुँदा चालकको मृ’त्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार व्यक्ति घा’ईते भएका छन् ।
मृ’त्यु हुनेमा काठमाडौंको लोलाङका २२ वर्षीय सविन परियार रहेका छन् । घाईते परियारको पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा बिहान करिब पौने ६ बजे मृ’त्यु भएको हो ।
घा’ईते भएका काठमाडौंको ईन्द्रचोकका अन्दाजी २२ बर्षकै निरज महर्जनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सोह्रखुट्टेबाट बालाजु तर्फ जाँदै गरेको बागमति प्रदेश ०२–०२३ प ३७७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई आज बिहान ५ बजे सडक छेउको बिजुलिको पोलमा ठोकिएको प्रहरी वृत्त लैनचौरले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस