नम्बर नखुृलेको सवारीको ठक्करबाट एक युवकको मृ’त्यु
441 Views
सर्लाही, १७ असार, सर्लाहीको हरिवनमा सवारीको ठक्करबाट एक पुरुषको मृ’त्यु भएको छ ।
बिहीबार राति पूर्व पश्चिम लोकमार्गस्थित हरिवन नगरपालिका-११, कडरिया चौकमा नम्बर नखुेको सवारीको ठ’क्करबाट एक युवकको ज्या’न गएको हो । मृ’त्यु हुनेमा सोही स्थानका २४ वर्षका जयबहादुर विक रहेको इलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ । मृ’तक पुरुषलाई मध्यराति सवारीले ठक्कर दिएको प्रहरीको आशंका छ ।
दु’र्घटनामा परेर घाईते अवस्थामा फेला परेका विकलाई प्रहरीले तत्काल उपचारका लागि नमुना अस्पताल हरिवन पु¥याएको थियो । लगत्तै चिकित्सकले मृ’त घो’षणा गरेका थिए । युवकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्नको आशंकामा एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ । घ’टनाको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जनाकारी दिए ।





प्रतिक्रिया दिनुहोस