८ वर्षीय बालकले चलाएको गोली लागेर एक जनाको मृ’त्यु
362 Views
एजेन्सी
वासिंगटन, १५ असार खोज मिडिया । फ्लोरिडामा एक आठ वर्षीय बालकले चलाएको गोली लागेर एक बच्चाको मृ’त्यु भएको छ । गो’ली लागेर सानो बहिनी घाइते भएकी छिन् । आफ्नो बुबाको बन्दुक खेलाउने क्रममा उक्त घ’टना भएको जनाइएको छ ।
उक्त घटनापछि बालकका बाबु ४५ वर्षीय रोडरिक रान्डललाई गिरफ्तार गरिएको छ । उनीमाथि लापरवाही गरेको र गैरकानूनी ढंगले बन्दुक राखेको तथा प्रमाण लुकाउने प्रयास गरेको आरोप लगाइएको एस्केम्बिया काउन्टी शेरिफ चिप सिमन्सले बताए ।
उक्त वियोगान्त घ’टना एउटा होटलमा भएको थियो । आपराधिक रेकर्ड भएका रोडिकले होटलमा आफ्ना छोरा लगेका थिए भने उनकी प्रेमिकाले दुई वर्षीय जुम्ल्याहा र एक वर्षकी छोरी साथमा लगेकी थिइन् ।
घ’टनाबारे प्रहरीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार रान्डल आफ्नो ह’ति’यार कोठामा छोडेर बाहिर गएका थिए । उनी बाहिर गए पछि छोराले त्यसलाई बाहिर निकालेर आमा सुतिरहेको बेला खेल्न थालेका थिए ।
‘बालकले खोलबाट बन्दुक तानेर खेल्ने क्रममा एक वर्षको बच्चामा फायर गर्छ ।अन्ततः एक वर्षको बच्चालाई मार्छ । त्यसपछि फेरि गोली चल्छ । उनको गोली लागेर दुई वर्षको बच्चा मध्ये एक घाइते भएका छन्’, पत्रकार सम्मेलनमा प्रहरीे भन्यो ।





प्रतिक्रिया दिनुहोस