जेलबाट भाग्ने क्रममा कम्तीमा ४९ कैदीको मृ’त्यु
591 Views
एजेन्सी
बोगोटा, १५ असार खोज मिडिया । दक्षिणपश्चिम कोलम्बियाको एउटा जेलबाट भाग्ने प्रयासमा कम्तीमा ४९ कैदीको मृ’त्यु भएको र दर्जनौं घा’इते भएका छन् । ‘अहिलेसम्म ४९ जनाको मृ’त्यु भएको छ’,नेसनल पेनिटेन्सियरी एण्ड प्रिजन इन्स्टिच्युटका प्रवक्ताले भने । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताए ।
आ’गो लागेपछि भाग्ने क्रममा क्रममा उक्त दु’र्घट’ना भएको स्थानीय अधिकारीहरुको भनाई उद्धृत गर्दै क्याराकोल रेडियोले जनाएको छ ।
विवरणअनुसार ४० जनाभन्दा बढी घा’इते भएका छन् । निवर्तमान राष्ट्रपति इभान ड्यूकले ट्विट गर्दै मृ’त’कका आफन्तजनप्रति सहानुभूति जनाएका छन् ।
‘जेलमा भएका घट’नाहरूप्रति खेद व्यक्त गर्दछौं’, उनले भने । ल्याटिन अमेरिकामा घा’तक जेल दंगा बारम्बार हुने गरेका छन् । कोलम्बियाको छिमेकी इक्वेडरमा सन् २०२१ को सुरुदेखि भएका ६ ओटा दंगामा झन्डै ४०० कैदी मारिएका छन् ।





प्रतिक्रिया दिनुहोस