शिक्षक आक्रमणप्रति शिक्षक महासङ्घको घोर निन्दा
396 Views
रोमन लामा (क्षितिज)
असार १४ रामेछाप खोज मिडिया। भोजपुर जिल्लाको अरुण गाउँपालिका-६ भोजपुरका शिक्षक कुट्ने शिक्षा शाखाका कर्मचारीलाई कारबाही गर्न नेपाल शिक्षक महासङ्घले माग गरेको छ । महेन्द्रोदय मा.वि. अरुण गाउँपालिका-६ भोजपुरका शिक्षक रन्जन कुमार यादव माथि असार ९ गते भएको आक्रमण प्रति घोर निन्दा गरेको हो ।
शिक्षक महसङ्घका तर्फबाट महासचिव लक्ष्मीकिशोर सुवेदी र अध्यक्ष कमला तुलाधरले जारी गरेको विज्ञप्तिमा अरुण गा.पा. शिक्षा शाखा प्रमुख श्यामकुमार राईबाट कार्यकक्ष भित्रै भएको निर्घात कुटपिटको निन्दा गरेको छ । शिक्षक यादवलाई माथि कुटपिट कार्यमा कुमार संलग्न निज राईलाई अविलम्ब गिरतार गरी कानुन अनुसार कडाभन्दा कडा सजाय दिन तथा पीडित शिक्षकको उपचारको प्रबन्ध गर्न माहासङ्ले माग गरेको छ ।






प्रतिक्रिया दिनुहोस