विभिन्न रेष्टुरेन्टमा गएर खर्च गर्ने भन्दा अनाथ बालबालिकालाई सहयोग गरेको पुण्य: समाजसेवी आस्मान वाइवा
571 Views
काठमाडौं, असार १३, खोज मिडिया । पुर्व राष्ट्र सेवक, समाजसेवी, कलाकार, युवा ब्यवासाही तथा तामाङ चलचित्र संघको वाग्मती प्रदेशका उपाध्यक्ष आस्मान वाइवाले आफ्नो जन्मदिनको शुभअवसरमा पारी अनाथ बालबालिकाहरुलाई खाद्यान्न सामग्रीहरु वितरण गरेको छ ।
२०७२ सालमा कलाकार सुलेमान शंकर (ईकु)ले स्थापना गरेको स्नेह आश्रम मुलपानीमा रहेको १६ अनाथ बालबालिकाहरुलाई १० बोरा चामल, ४ बक्स तेल, अन्य खाद्यान्न दिएर सहयोग गरेको छ।

समाजसेवी आस्मान वाइवाले भने विभिन्न रेष्टुरेन्टमा गएर खर्च गर्ने भन्दा अनाथ आश्रममा गएर धेर थोर सहयोग गरेको पुण्य पाउने भन्दै स्नेह आश्रमलाई केही खाद्यान्न वितरण गर्न पाउँदा आफु निकै खुशी भएको बताए । साथै आफुले सकेको निरन्तर यस्तै अनाथ बालबालिकाहरुलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

उक्त खाद्यान्न वितरण कार्यक्रममा समाजसेवी प्रेम लामा, मिसन समृद्ध नेपालका सचिव सरोज लामा, नायक दावा फिन्चो तामाङ, तामाङ पत्रकार संघ भक्तपुरका अध्यक्ष पत्रकार सुदिन लामा लगायत कार्यक्रमा सहभागी भएको थिए ।






प्रतिक्रिया दिनुहोस