चार वर्षीया बालिका ब’लात्कार आरोपमा एक जना प’क्राउ
497 Views
बारा, ९ असार, चार वर्षीया बालिकालाई ब’लात्कार गरेको आरोपमा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका-२२ का एक युवकलाई पक्राउ गरेको छ ।
प’क्राउ पर्नेमा चकरीका १८ वर्षीय युवक रहेका छन् । बालिकाको अभिभावक घरमा नभएको अवस्थामा युवकले बालिकामाथि ब’लात्कार गरेको आरोप छ ।
बालिकालाई ब’लात्कार गरेको खबर स्थानीयले प्रहरीलाई दिएका थिए । स्थानीयले सूचना दिएपछि प्रहरीले बुधवार युवकलाई प’क्राउ गरेको हो ।
अमलेखगंजबाट पुगेको प्रहरी टोलीले युवकलाई प’क्राउ गरी हाल इलाका प्रहरी कार्यालय सिमरालाई बुझाएको थियो । पक्राउ परेका युवकलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले म्याद थपका लागि बिहीबार दिउँसो जिल्ला अदालत लगेको छ ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले युवकलाई म्याद थप गरी अनुसन्धान अघि बढाइने बताए ।





प्रतिक्रिया दिनुहोस