छात्रामाथि यौ’न दु’र्व्यवहार आरोपी सेन्ट लरेन्सका दुई शिक्षक पुर्पक्षका लागि जे’ल चलान
384 Views
काठमाडौं, ७ असार, छात्रामाथि यौ’न दु’र्व्यवहार गरेको आ’रोपमा प’क्राउ परेका चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षक र कोर्ष को–अर्डिनेटरलाई अदालतले जेल चलानको आदेश दिएको छ ।
मंगलबार जिल्ला अदालत काठमाडौंले शिक्षक काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ का ५१ वर्षीय राजन कुमार पौडेल र कलेजका कोर्ष को–अर्डिनेटर काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ स्थायी ठेगाना भइ हाल काठमाडौं कागेश्वरी मनोहरा नगपालिका–८ बस्ने वर्ष ४७ वर्षीय जनार्दन अधिकारीलाई पुर्पक्षका लागि जेल चलानको आ’देश दिएको हो ।
कलेजमा अध्ययनरत केही छात्रालाई यौ’न दु’र्व्यवहार गरेको भन्दै उनीहरुविरुद्ध विद्यार्थी आन्दोलित भएका थिए । उनीहरुविरुद्ध पी’डितका अभिभावकले प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए ।





प्रतिक्रिया दिनुहोस