सौन्दर्य प्रतियोगिताको आडमा ब’लात्कार प्रकरण : मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान
414 Views
काठमाडौं, ६ असार, सौन्यर्य प्रतियोगताको आडमा ब’लात्कारको आरोप लागेका मनोज पाण्डे जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले पाण्डेलाई मुद्दाको पुर्पक्षका थुनामा राख्न आदेश दिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरुद्ध २ वटा कसुरमा १८ वर्ष कैद सजाय मागदाबी गर्दै मु’द्दा दायर गरेको थियो ।
पाण्डेविरुद्ध मानव बे’चबिखनको कसुरमा १५ वर्ष र बाल यौ’न दुर्व्यवहारको कसुरमा ३ वर्ष गरी १८ वर्ष कैद सजायको मागदाबी गरिएको छ । बाल यौ’न दुर्व्यवहारको मुद्दामा एक लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
८ वर्ष अघिको एक सुन्दरी प्रतियोगिताको आडमा आफूमाथि यौ’न दुर्व्यवहार भएको भन्दै एक किशोरीले भिडिओ सार्वजनिक गरेपछि पाण्डेलाई प्रहरीले प’क्राउ गरेको थियो ।





प्रतिक्रिया दिनुहोस