सुनको लौरो र राज कुमार दुवैको पर्दाफास
341 Views
काठमाडौँ, असार ५ खोज मिडिया । सुनको लौरो कसरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छिरे ? त्यती ठूलो परिणामको सुन कसरी भित्रियो भन्ने प्रश्न चौतर्फी उठेको छ ।
नेकपा एमालेका नेता तथा व्यबसायी दुर्गा प्रसाईलाई शनिबार झापा नै पुगेर भेटेका दुबईका राजकुमार भनिएका शेख मोहम्मद मक्तुम जुमा ला मक्तुम दुबईका असली राजकुमार नभएको पाइएको छ । सुनको लौरो नै लिएर दुबईबाट व्यबसाई समेत रहेका प्रसाईलाई भेट्न आएका राजकुमार भनिएका व्यक्ति नै नभएको पाइएपछि अहिले प्रसाई समेत तनावमा आएका छन् ।
दुबईका राजकुमार आउँदा नेपाल सरकारले विशेष कूटनीतिक मान्यता दिनुपर्ने भएता पनि ति ब्यक्ति आउँदा कुनै जानकारी नै नभएको र सर्वसाधारण झैँ यात्रु विमानबाट काठमाडौँको विमानस्थलमा उत्रिएका थिए ।
काठमाडौँ अवतरण गरे लगत्र्त झापा हानिएका ति बयक्ति दुबईका अधिराजकुमार चाहिँ हुन्, असली राजकुमार नेपाल भ्रमणमा आएकै रहेनछन् झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने । दुबईका क्राउन प्रिन्स अर्थात् राजकुमार शेख हमदन बिन मोहम्मद बिन रसिद अल मक्तुम हुन्।
नेपाल आए भनिएका राजकुमारको नाम चाहिँ शेख मोहम्मद मक्तुम जुमा ला मक्तुम हुन्। वास्तवमा नेपाल आएका राजकुमार दुबईका शाही परिवारका टाढाका नातेदार हुन् तर त्यहाँको शक्तिशाली राजकुमार भने होइनन्। अचम्म कुरा के छ भने दुबईका क्राउन प्रिन्स राजकुमार आफ्नो निजी विमानमा मात्र उडान गर्छन्। तर, यी राजकुमार भने सर्वसाधारण झैँ यात्रु विमानबाट काठमाडौँको विमानस्थलमा उत्रिएर सिधै प्रसाईलाई भेट्न झापा हानिएका थिए ।
जानकारहरुका अनुसार दुबईको जनसङ्ख्या थोरै छ, त्यहाँ शाही परिवारसँग प्राय सबैको नाता पर्छ। प्राय सबैले आफूलाई अधिराजकुमार भन्ने गर्छन्। त्यस्तै मध्येका एक अधिराजकुमार नेपाल आएको बतइनछ ।

बिएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडका सञ्चालक दुर्गा प्रसाईँले सुनको लौरो उपहार पाए लगत्तै नेपालमा खल्लबल्ल मच्चियो । चर्चासँगै यसले देशको सुरक्षा संयन्त्रभित्र तरङ्ग नै उत्पन्न गर्यो । दुबईका राजकुमार भनिएका शेख मोहम्मद जुमाले मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई उपहार दिएको लौरो सुनको सक्कली वा नक्कली हो भन्ने विषयमा अहिलेसम्म खास तथ्य बाहिर आएको छैन ।





प्रतिक्रिया दिनुहोस