सर्लाहीमा कार दुर्घटना हुँदा बालकको मृ’त्यु, ७ जना घा’इते
408 Views
सर्लाही, ५ असार खोज मिडिया । जिल्लाको दक्षिण पश्चिम क्षेत्र धन्कैलमा भएको कार दु’र्घट’नामा एक बालकको मृ’त्यु भएको छ । दु’र्घट’नामा ७ जना घा’ईते भएका छन् । आईतबर बिहान धन्कौल गाउँपालिका–५, छठीघाट पुलमा कार दु’र्घ’ट’ना हुँदा रौतहटको वृन्दावन नगरपालिका–४, निवासी ४ वर्षका गम्भीर यादवको घ’टनास्थलमै मृ’त्यु भएको हो । घ’टनामा सोही स्थानका ७० बर्षका महेन्द्र राय गम्भीर घाईते भएका छन् । उनकाे शरिरको विभिन्न भागमा चोट लागेको र बायाँ खुट्टाको तिघ्रा भाँचिएको प्रहरीले जनाएको छ ।
दु’र्घट’नामा परेर घा’ईते हुनेहरूमा बृन्दावन नगरपालिका–४, का ४ वर्षका अमित कुमार यादव, १४ वर्षकी मिरा कुमारी यादव, ३२ वर्षका जितेन्द्र कुमार यादव, १७ वर्षकी सोभा कुमारी यादव, १० वर्षका गौतम यादव र ६ वर्षका अनिकेत यादव रहेका प्रहरीले जनाएको छ । उनीहरु आठै जना एकै परिवारको हुनसक्ने प्रहरीको आशंका छ । घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।
सर्लाहीको छतौनाबाट छठियारको भोज खाएर घर फर्कदै गर्दा उनीहरु सवार भारतीय नम्बर प्लेट बिआर ०५ एआर ५१३७ नम्बरको कार दु’र्घट’नामा परेको थियो । अनियन्त्रित भएर कार दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएकाे छ । कारण पुलबाट १५ फिट तल खसेको प्रहरीले जनाएको छ । घ’टनालगतै चालक फरार रहेका ईलाका प्रहरी कार्यलय बरहथवाले जनाएको छ ।
मृ’तक बालकको श’व परिक्षणको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । फरार चालकको खोजी भईरहेको जिल्ला पहरी कार्यलयले जनाएको छ । घ’टनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुडाथोकीले जनाकारी दिए ।





प्रतिक्रिया दिनुहोस