आपांगता संगठन नेपालको केन्द्रिय कार्यलय उद्धघाटन
458 Views
काठमाडौँ, ५ असार । नेकपा माओवादी केन्द्रको जनवर्गिय संगठन आपांगता संगठन नेपालको केन्द्रिय कार्यलय आज २०७९ साल असार ०४ गते पुर्व गृहमन्त्री तथा पार्टिको स्थायी समिती सदस्य कमरेड शक्ति ब.बस्नेतको प्रमुख अतिथीमा बागबजार काठमाडौमा उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ ।
उद्धघाटन कार्यक्रममा पार्टिको केन्द्रिय सदस्य केशब नेपाल र मा.दुर्गा रावत विशिष्ट अतिथी रहेको थियो । कार्यक्रमको अध्यक्षता संगठनको केन्द्रिय अध्यक्ष टिकाराम पराजुलीले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन महासचिव ओम पुन श्रमिकले गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी क.शक्ति बस्नेतले पार्टीको बारेमा छोटो बिश्लेशन गर्दै यस आपांगता संगठन नेपाल प्रती पार्टीले गम्भीर रुपमा सोच्ने बताउनु भएको छ । कार्यलय उद्धघाटन गर्दै आगामी दिनमा संगठन थप बलियो बनाउन पार्टिले गर्नु पर्ने सहयोगप्रती कुनै कसुर बाकी नराख्ने प्रतिबद्धता समेत प्रष्ट पार्दै कार्यलय उद्धघाटन भएकोमा संगठनलाई बधाई तथा धन्यवाद व्यक्त गर्नु भएको थियो । विशेष अतिथी द्वय केशब नेपाल र दुर्गा रावतले पनि मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा संगठनको अध्यक्ष क.टिकाराम पराजुलीले आपांगता संगठन नेपाल अरु जनवर्यिय संगठन जस्तै रहेकोले यस संगठनलाई पनि अरु जनवर्यिय संगठनलाई जस्तै बराबरी अधिकार र हिस्सा रहेको बताउनु भयो । अध्यक्ष पराजुलीले असार १० गते स्थानिय तहको बजेट बाडफाड हुने भएकोले प्रत्येक स्थानिय तहमा आपांगता संगठन नेपालको लागि बजेट छुट्याउन प्रस्ताव पत्र पेश गर्ने बताउनु हुँदै उद्धघाटन कार्यक्रममा उपस्थित हुनु भएका प्रमुख अतिथी लगायत सबैलाई संगठनको तर्फबाट धन्यवाद व्यक्त गर्दै कार्यक्रम शौहद्रपुर्ण ढंगले सम्पन्न भएको घोषणा गर्नु भयो ।





प्रतिक्रिया दिनुहोस