गण्डकी प्रदेशको बजेट आज आउने
493 Views
पाेखरा, १ असार खोज मिडिया । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बुधबार बजेट ल्याउन लागेकाे छ । प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।
बुधबार अपरान्ह ४ बजे प्रदेशसभा बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेट प्रस्तुत गर्नेछन् । आगामी वर्षकाे लागि ३६ अर्ब हाराहारी बजेट ल्याउने तयारी बुझिएकाे छ ।
चालु वर्षभन्दा ६ अर्ब बढी हाे । चालु वर्षमा ३० अर्बको बजेट कार्यान्वयन गरिरहेकाे छ । बहालवाला सरकारकाे यही बजेट अन्तिम हाे ।





प्रतिक्रिया दिनुहोस