विपद्का घ’टनाले दुई महिनामा लियो ६५ जनाको ज्यान
437 Views
काठमाडौं, ३१ जेठ, पछिल्लो दुई महिनामा विपद्का घटनामा परी देशभर ६५ जनाको मृ’त्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाखदेखि जेठ ३१ गते विहान १० बजेसम्मको अवधिमा उनीहरुले ज्यान गु’माएका हुन् ।
पहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदंश र जनावरको आ’क्रमणमा परी उनीहरुको मृ’त्यु भएको हो ।
पछिल्लो दुई महिनामा देशभर ७०२ वटा विपद्का घटना रेकर्ड भएको प्राधिकरणले जनाएको छ । ती घ’टनामा एक जना वेपत्ता भएका छन् भने १६७ जना घा’इते भएका छन् ।
दुई महिनामा विपद्का घ’टनाबाट ८९९ परिवार प्रभावित भएका छन् ।
विपद्का घटनामध्ये पहिरोमा परी ६, चट्याङ लागेर २६, सर्पको टोकाइबाट ३, आगलागीमा परी १४, हावाहुरीमा परी ८ र जनावरको आ’क्रमणबाट ८ जनाको मृ’त्यु भएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।
वैशाख र जेठमा विपद्का घ’टनाका कारण राज्यले ५१ करोड २८ लाख ५३ हजार ९६० रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घ’टनाले गरेको छ । आगलागीका घ’टनाले २०७९ साल सुरु भएयता हालसम्म ४६ करोड ७२ लाख ८४ हजार १६० रुपैयाँको आर्थिक क्षति गरेको छ ।
सो अवधिमा पहिरोका कारण ४६ लाख १० हजार रुपैयाँ, बाढीका कारण ४ लाख ३५ हजार रुपैयाँ, भारी वर्षाका कारण ११ लाख ४५ हजार ५ सय रुपैयाँ, चट्याङका कारण ११ लाख ३३ हजार रुपैयाँ, जंगल आगलागीका कारण १ करोड २३ लाख ८५ हजार रुपैयाँ, हावाहुरीका कारण २ करोड ५० लाख ७९ हजार ८ सय रुपैयाँ र जनावरको आक्रमणबाट ७ लाख ८० हजार ५ सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले बताएको छ ।





प्रतिक्रिया दिनुहोस