ओखलढुंगामामा १२ वर्षीया बालिकामाथि सामूहिक ब*लात्कार
282 Views
ओखलढुंगा, ३१ जेठ, ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक ब*लात्कार भएको छ ।
ती बालिकालाई ब*लात्कार गरेको आरोपमा तीन जनालाई सोमबार साँझ प्रहरीले प*क्राउ गरेको छ ।
प*क्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सोही नगरपालिका–२ बस्ने ४० वर्षीय पुर्ण प्रसाद फुयाल रहेका छन् ।
ती बालिकालाई ललाई फकाई बिभिन्न प्रलोभनमा पारी र डर धाक धम्की देखाई गत बैशाख २७ गते उनीहरुले सोही नगरपालिका–११ मा बलात्कार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
घ*टनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया दिनुहोस