काठमाडौंको बौद्धस्थित गेष्ट हाउसमा २४ वर्षीया महिलाको सामूहिक ब’ला’त्का’र
621 Views
काठमाडौं, ३१ जेठ खोज मिडिया । काठमाडौंमा २४ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ । ती महिलालाई ब’लात्का’र गरेको अभियोगमा प्रहरीले चार जनालाई आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका बस्ने २४ वर्षीय रितेश तामाङ, काठमाडौं महानगरपालिका–६ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा, सोही महानगरपालिका–६ बौद्ध बस्ने सर्लाही बागमती नगरपालिका–४ घर भएका ३४ वर्षीय उत्तम लामा, बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ घर भएका लुङ्ता गेस्ट हाउसका संचालक ३४ वर्षीय आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पा रहेका छन् ।
काठमाडौं महानगरपालिका–६ बौद्धस्थित लुङता गेस्ट हाउसमा ती महिलालाई आइतबार चार जना पुरुषले ब’लात्का’र गरेको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घ’टनामा संलग्न उनीहरुलाई बौद्धस्थित विभिन्न ठाउँबाट प’क्रा’उ गरेको हो ।
उनीहरु उपर ज’बरज’स्ती क’रणी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।





प्रतिक्रिया दिनुहोस