कांग्रेसप्रति आस्था राख्ने सामाजिक अभियन्ताहरुमाथि लगाइएको मिथ्या आरोपको खण्डन
641 Views
पोखरा, जेठ ३१, खोज मिडिया । हालै सम्पन्न स्थानीय निर्वाचन पश्चात बसेको समिक्षात्मक बैठकद्वारा, गण्डकी प्रदेशको राजधानी पोखरा,कास्की जिल्लास्थित मादी गाउंपालिका वडा नं २ कांग्रेस वडा ईकाई समितिद्वारा निर्वाचन प्रचार प्रसारको दौडानमा विपक्षी दलका नेता कार्यकर्ताले कांग्रेसप्रति आस्थावान सामाजिक अभियन्ताहरुमाथि लगाएको आधारहीन आरोपको खण्डन गरेको छ ।
स्थानीय एमाले नेताहरुले आफ्नो गाउंघर र समाजकै हितका लागि अहोरात्र खटिइरहेका सामाजिक अभियन्ताहरुमाथि सामाजिक सञ्जाल र चुनावी सभाहरुमा दिएको निकृष्ट अभिव्यक्तिको बैठकले कडा शब्दमा निन्दासहित खण्डन गरिएको हो।
यसैमा, एमाले मादी गाउंपालिका वडा नम्बर २ को आधिकारीक फेसबुक अकाउन्ट मार्फत् पटकपटक नेपाली कांग्रेस पार्टी तथा कांग्रेसमा आस्थावान बिभिन्न अग्रज व्यक्तिहरु माथि निराधार दोषारोपण गरि नितान्त निकृश्ट तथा अपमानजनक स्टाटस संप्रेशाण गरेको भन्दै मादी गाउंपालिकाका कांग्रेस कमिटीले समेत आपत्ति जनाएका छन् ।
उक्त कमिटीले सामाजिक सञ्जाल तथा बिभिन्न भेलाहरु मार्फत् नितान्त नकारात्मक टिकाटिप्पणी गरि पार्टी र मूलतः एउटा व्यक्तिको जीवनमा नै आंच पुग्ने गरि लेखिएका अभिव्यक्तिहरुले पार्टीमा आवद्ध सबैलाई आहत पुगेको बताइएको छ ।
एमालेका जिम्मेवार व्यक्तहरुले पूर्वाग्रही ढंगले देश विदेशमा सामाजिक कार्यमा निरन्तर खटिई रहनुभएका समाजिक अभियन्ताहरु लगायत ताङतिङ चैत्र मेलाका संस्थापक अध्यक्ष मेजर (रि) बालासिंह गुरुङमाथि अत्यन्त मित्थ्या र कपोलकल्पित आरोप लगाएका थिए ।
बैठकले आफूहरुको कसैसंग रिसइवी नभएको र कसैको व्यक्तिगत जीवनमा आंच आउने किसिमको व्यवहार नगरे पनि सामाजिक अभियन्ता तथा समाजसुधारकहरु माथि धावा बोल्दै विकास विरोधी र फटाहको संज्ञा दिई उहाँहरुलाई सामाजिक बहिष्कार गर्न उक्स्याईएको घटनाले वडा कमिटीलाई थप दूखिद भएको जनाईएको छ ।
‘हाम्रो आशय व्यक्तिगत विरोध र आग्रह पूर्वाग्रह पटक्कै होइन । केवल लोकतन्त्रको विशुद्ध अभ्यास हुनुपर्छ भन्ने मान्यता मात्र हो’, एक अभियन्ताले खोज मिडिया लाई बताए ।
मादी गाउँपालिका वडानं २ रोहिगाउं सेतिखोलामा विगत लामो समयदेखि दीर्घ रोगका कारण निरन्तर औषधि सेवन गर्ने परिवारलाई ‘ताङतिङ टुइनिङ एसोसिएसन’ बेलायतको सहयोगमा नेपाली कांग्रेस मादी २ का ईकाई सभापति मन्त्री जंग गुरुङको रोहबरमा औषधि वितरण गरिएको कुरालाई अति रञ्जित बनाईएकोमा बैठकले आश्चर्य प्रकट गरेकोे छ ।
यसैगरी अन्य बाटो घाटो विद्यालय, मन्दिर, प्यारापिट, पाटीपौवा निर्माण र ताङतिङ मेलालाई तत्कालीन समयमा आवश्यक खेल मैदान निर्माण गरि प्रथम ऐतिहासिक मेला सम्पन्न गर्नमा पनि देश विदेशमा रहनु भएका तिनै सामजिक अभियन्ताहरुको विशेष भूमिका थियो र रहँदै आइरहेको छ।
यसरी गाउं समाजका लागि निरन्तर खटिंरहनु हुने मानिसहरूलाई प्रोत्साहन गर्नुको बदला निरुत्साहित हुने गरी खेदो खनिनु दुःखद भएको कुरा एक अर्का अभियन्ताले जनाउनुभएको छ । तथापि, गाउँघर र वडाको दिगो विकासको निम्ति विगतका तितामिठा घटना परिघटनाबाट पाठ सिक्दै सबैजना दलिए स्वार्थ भन्दा माथि उठेर परस्पर सहयोग र सहकार्य गर्दै अगाडि बढ्नुको विकल्प नरहेको कुरा सबैले आत्मसात गर्न अभियन्ताहरु सुझाउदाछन् I
यसैबीच, मादी गाउँपालिका नेपाली कांग्रेस मादी २ कास्कीका ईकाइ सभापति क्याप्टेन मन्त्रीजंग गुरुङले समीक्षा बैठकपछि एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनका क्रममा विपक्षी दलका विभिन्न पदीय जिम्मेवारीमा रहेका व्यक्तिहरुले सामाजिक सञ्जाल तथा चुनावी सभाहरुमा गरेको निकृष्ट टिप्पणीप्रति आपत्ति प्रकट गरेका छन् ।
‘लामो समयदेखि आफ्नो वडाको शिक्षा, स्वास्थ्य, खेलकुद, सडक लगायत विकास निर्माणका कार्यमा संलग्न भई एउटा सभ्य र समुन्नत समाज निर्माणको अभियानमा निरन्तर साथ सहयोग गर्दै आइरहनुभएका अग्रज अभियन्ताहरुको अपमान तथा शुभेच्छुक संघ संस्थाहरुको चरित्र हत्या गर्ने दूर्नियत निन्दायोग्य छ’, विज्ञप्तिमा भनिएको छ, ‘निजी लगानीमा चिहानडाडांमा अवस्थित धर्मशालामा निर्मित पानीको धारालाई गाउं बीचको बाटो खन्दा सरकारी पाइपको पैसा असुल गरेको भन्ने जस्ता तथ्यहीन अरोप लगाई अत्यन्त बद्नियतपूर्ण, भ्रामक, कपोलकल्पित र निराधार अभिव्यक्ति दिंदै समाजमा फुट, अस्थिरता र वितृष्णा फैलाउदै हिँडेको घट्नाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
विपक्षी दलका नेताहरुबाट लोकतन्त्र र खास गरी लोकतन्त्रमा आधारित वाक स्वतन्त्रताको घोर खिल्ली उडाउने काम मात्रै नभई वाक स्वतन्त्रतामाथिको प्रचलित कानूनको समेत घोर उपेक्षा र उल्लंघन गरिएको महशुस भएको विज्ञप्तिमा उल्लेख छ ।
लोकतान्त्रिक अभ्यास र यसको शुद्धीकरणको यात्रामा सबै खाले शक्तिसंग हातेमालो र सहकार्य गर्न तयार रहेको पनि कमिटीले जनाएको छ ।
उक्त वडा कमिटीले नेपाली कांग्रेसले आफ्नो जन्मकाल देखि अख्तियार गर्दै आइरहेको प्रजातान्त्रिक समाजवादको निर्देशक सिद्धान्तको हरपल उचित कदर र सम्मान गर्दै यसको संस्थागत विकास र खास गरी लोकतन्त्रको शुद्धीकरणको यात्रामा अनवरत लगिरहने दृढता पनि व्यक्त गरेको छ ।
यस प्रकार वौद्धिक व्यक्तित्व तथा सामाजिक अभियन्ताहरुमाथि भ्रामक आक्षेपहरु निरन्तर लगाएर कानूनमाथि प्रहार र धावा बोल्ने कुनै पनि घटनाहरु आफूलाई सह्य नहुने चेतावनी पनि नेपाली कांग्रेस मादी २ वडा कमिटीले दिएको छ ।






प्रतिक्रिया दिनुहोस