मृ*त भेटिइन् फेसन डिजाइनर शंकास्पद मृ*त्यु
695 Views
एजेन्सी
मुम्बई, २९ जेठ, भारतीय फिल्म उद्योगकी लोकप्रिय फेसन डिजाइनर प्रत्युषा गरिमेला मृ*त भेटिएकी छन् । उनको शव तेलंगनाको बञ्जारा हिल्समा रहेको घरमा भेटिएको छ । प्रहरीका अनुसार ३५ वर्षीया अभिनेत्री सुत्ने कोठामा कार्बन मोनोअक्साइड सिलिण्डर भेटिएको छ । प्रहरीले यसलाई शंकास्पद मृ*त्यु भन्दै उजुरी दर्ता गराएको छ ।
उनको श*वलाई पोस्टमार्टमका लागि उस्मानिया अस्पतालमा लगिएको छ । चिकित्सकका अनुसार प्रत्यूषाले मृत्युअघि कार्बन मोनोअक्साइड सुँघेकी थिइन् । उनी लामो समयदेखि डिप्रेसनसँग जुधिरहेकी थिइन् ।
प्रहरीलाई यो घटनाको जानकारी प्रत्यूषाका सुरक्षाकर्मीले दिएका थिए । सुरक्षाकर्मीले प्रत्युषालाई बोलाउदा उनले कुनै जनाउ नदिएपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी त्यहाँ पुगेर उनको कोठाको ढोका फोडेको थियो । मृ*त भेटिएपछि प्रहरीले तुरुन्तै प्रत्युषाका परिवार र साथीभाईलाई उनको नि*धनको बारेमा जानकारी दिएको थियो ।
बञ्जारा प्रहरी स्टेसनका इन्स्पेक्टर नागेश्वर रावले प्रत्युषाको कोठाबाट एक नोट फेला पारेको छ । उनले त्यो नोटमा कसैलाई दोष लगाएकी छैनन् । ‘म निकै एक्लो महशुस गरिरहेको छु र डि*प्रेसनमा छु’, उनले लेखेकी छन् । उनको यो नोटले उनले आ*त्मह*त्या गरेको संकेत गरेपनि प्रहरीले यो मामलामा अनुसन्धान सुरु गरिसकेको छ ।
प्रत्युषाले अमेरिकाबाट फेसन डिजाइनिङ पढेकी थिइन् । त्यसपछि उनले हैदराबादमा फेसन डिजाइनरका रुपमा करियर सुरु गरिन् । उनले सन् २०१३ मा आफ्नो नामको एक लेबल पनि सुरु गरेकी थिइन् । त्यसपछि उनी निकै लोकप्रिय बनिन् ।
उनले बलिउड र टलिउडका माधुरी दिक्षित, रवीना तण्डन, काजोल, परिणतीति चोपडा, हुमा कुरैशी, श्रीया सरन, काजल अग्रवाल, जूही चावला, गौहर खान, नेहा धुपिया, भूमि पेडनेकरलगायतका सेलिब्रेटीको पहिरन डिजाइन गरिसकेकी छन् ।





प्रतिक्रिया दिनुहोस