बो*क्सीको आरोपमा दुई वृद्धा महिलामाथि कु*टपिट
459 Views
महोत्तरी, २९ जेठ, महोत्तरीमा बो*क्सीको आरोपमा दुई वृद्धा महिलालाई नि*र्घात कुटपिट गरिएको छ ।
जलेश्वर नगरपालिका-६ धवौलीका कालीदेवी महतो र दुलरिया महतोलाई बो*क्सीको आरोपमा छिमेकीले निर्घात कु*टपिट गरेको पीडित पक्षले बताएको छ ।
छिमेकी भुलन रामचमारले आफ्नी बुहारीलाई टुनामुना लगाएर बिरामी बनाएको भन्दै उनीहरूलाई कुटपिट गरिएको बताइएको छ । कु*टपिटका क्रममा दुवैजनाको मुख, घाँटी र ढाडमा चोट लागेको छ । अहिले कालोदेविको जानकी हेल्थ केयर जनकपुरमा उपचार भइइरहेको छ ।
के भएको थियो ?
२६ जेठमा भुलन रामचमारको घरमा विवाहको रौनक थियो । भुलनको घरमा जमघट र रमाइलो चलिरहेका बेला उनकी बुहारी सोमारीदेवी एक्कासी बिरामी भइन ।
सोही समयमा सोमारीदेवी देवता चढेको भन्दै बक्न थालिन् । सोमारीदेवीले कालीदेवी बो*क्सी लागेको र उनलाई घरमा ल्याउन निर्देशन दिइन् ।
त्यसपछि तुरुन्तै सोमारीदेवीका कान्छा ससुरा भुलन रामचमार कालीदेवदीका घरमा पुगे र उनलाई लिएर आफ्नो घरमा आए ।
झुक्याएर घरमा ल्याएका कालीदेवीलाई आगनमा पुर्याएपछि बुहारीमाथि बो*क्सी लगाएको भन्दै कपडा समेत खोलेर नाङ्गेझार बनाइ नि*र्घात कुटपिट गरिएको दाबी छ ।
कालीदेवीको नाम लिइरहेकी सोमारीले दुलहरिया देवीलाई पनि तुरुन्त ल्याउन निर्देशन दिइन् ।
भुलनसहित उनका परिवार दुलहरियालाई खोज्दै जाँदा खेतमा फेला पारे । पीडित पक्षका दुलहरियाको चुल्ठोमा समातेर लडाइयो र कपडा खोलेर नजिकै रहेको पोखरीमा डुबाइयो ।
अहिले दुलरिया देवीको गाउँमा नै घरेलु उपचार भइइरहेको छ ।
५२ र ५३ वर्षीया दुवै महिलालाई मलमुत्र खुवाउने प्रयाससमेत भएको पीडित पक्षको भनाई छ ।
प्रहरी के गर्दै छ ?
पीडित कालीदेववीका छोरा अमित महतो र दुलहरीदेवीका नाती रामजीवनले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
२७ जेठमा नै प्रहरीले कुटपिट गरी ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरिसकेको छ । घटनामा संलग्न भएको आरोप लागेका रामभुलन र सोमारीदेवीलाई प्रहरीले प*क्राउ गरिसकेको छ । घ*टनामा संलग्न अन्य फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
फरारको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज राइले जानकारी दिए ।
प*क्राउ परेकालाई म्याद थप्ने प्रक्रिया अगाडि बढाएर अनुसन्धान भइरहेको उनले बताए ।





प्रतिक्रिया दिनुहोस