तीनदिने “डिजिटल पत्रकारिता” तालिम सम्पन्न,
889 Views
कास्की, जेष्ठ २८ खोज मिडिया । गण्डकी प्रदेशको राजधानी पोखरामा अवस्थित नेपाल पत्रकार महासंघको भवनमा तिन दिने “डिजिटल पत्रकारिता” तालिम सम्पन्न गरियो ।

पोखरामा रहेको नेपाल पत्रकार महासंघले जेठ २५ गते देखि २७ गते सम्म आयोजना गरिएको तिन दिने डिजिटल पत्रकारिता तालिममा लगभग ४५ जनाको सहभागी रहेको थियो । उक्त तालिममा विभिन्न संघसंस्थामा आवद्ध र छुट्टा-छुट्टै मिडियामा कार्यरत संचारकर्मीहरुको उपस्थितिमा गरिएको तीनदिने तालिमको प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य “विकास कार्की” र “उमेश श्रेष्ठ” रहेका थिए ।

तालिममा डिजिटल पत्रकारिता कुन हो कुन होइन ? डिजिटल अनलाईन पत्रकारिता भनेको के हो ? भन्ने विषय लगायत थुप्रै विषयहरुको तालिम दिईएको थियो । त्यसै गरि फोटोग्राफी,भिडियोग्राफी बारे पनि प्राक्टिकल्ली तालिम रहेको थियो ।

यस तीनदिने तालिममा सक्रियतापुर्वक उपस्थित रहेका सबैलाई प्रमाण-पत्र वितरण गरियो । उक्त कार्यक्रमको संयोजक नेपाल पत्रकार महासंघका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना हुन् । सोहि कार्यक्रमका संचालक नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव रेम रसाईलीले रहेका थिए ।

त्यसैगरी तीन दिने डिजिटल पत्रकारिता तालिमको बन्द सत्र कार्यक्रमका सभाध्यक्ष नेपाल पत्रकार महासंघका अध्यक्ष विमला भण्डारी, प्रमुख अतिथि सोहि संस्थाका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य विकाश कार्की, नेपाल पत्रकार महासंघका उपाध्यक्ष उक्त तालिम संयोजक राम प्रसाद तिमिल्सिना, नेपाल पत्रकार महासंघका सचिव माधव बराल लगायत टाढा-टाढाबाट आउनुभएका विभिन्न संघसंस्थाका पदाधिकारीहरु एवम पत्रकारहरुको बाग्लो उपस्थित रहेको थियो ।

उक्त तालिमको बन्द सत्र पश्चात नेपाल पत्रकार महासंघका अध्यक्ष विमला भण्डारीले पुन; लेखन वृद्धि तालिमको उद्घाटन र लेखन वृद्धि तालिम कसरि गर्ने र कोको सहभागिता रहन पाउने भन्ने विषयको जानकारी दिदै उक्त कार्यक्रम समापन भएको घोषण गरि कार्यक्रम समापन गरिएको हो ।






प्रतिक्रिया दिनुहोस